कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

गिरीबन्धु चिया बगान र सहकारी ठगीमा छानबिन माग गर्दै विरोध प्रदर्शन

झापा — गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टाको विषय छानबिन माग गर्दै नेपाल विद्यार्थी संघ र तरुण दल झापाले आइतबार बिर्तामोडमा विरोध प्रदर्शन गरेका छन् । 

गिरीबन्धु चिया बगान र सहकारी ठगीमा छानबिन माग गर्दै विरोध प्रदर्शन

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री र पदम अर्याल भूमि व्यवस्था मन्त्री भएका बखत ऐन नै संशोधन गरेर गिरीबन्धु चिया बगानलाई प्लटिङ गर्ने इजाजत दिएको भन्दै युवा तथा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

गिरीबन्धु चिया बगानको जग्गा किनबेचमा ठूलो गिरोह सक्रिय रहेको र लोभलालचमा परेर सर्वसाधारणको करोडौँ रकम डुबेको भन्दै घटनाको सत्यतथ्य छानबिनका लागि सरकारसँग माग गरिएको हो ।

उनीहरूले सहकारी अनियमितता प्रकरणमा फरार जबवी राईलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउन पनि माग गरेका छन् ।


प्रकाशित : जेष्ठ ६, २०८१ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×