कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सारियो

काठमाडौँ — आइतबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सारिएको छ । सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समितिको कार्यक्षेत्र टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको कार्यकक्षमा कार्यदलको बैठक चलिरहेकाले सभामुख देवराज घिमिरेले बैठक २ बजेका लागि सारेका हुन् । 

प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सारियो

कार्यदलको कार्यक्षेत्रको टुंगो लागेर समिति गठन नहुँदासम्म प्रतिनिधिसभाको नियमित कार्यसूचीमा प्रवेश गर्न दिने विपक्षी दलहरूले निर्णय गरेका छन् । संसद् भवनमा विपक्षी दलको बैठकपछि कार्यादलमा रहेका कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि कानुनमन्त्रीको कार्यकक्षमा भइरहेको बैठकमा पुगेका छन् ।

छानबिन समिति गठन सम्बन्धी कार्यदलको टीओआरमा सहमति नभएसम्म बैठक नचलाउन सभामुखलाई विपक्षीले आग्रह गरेका छन् । विपक्षी बैठकपछि राप्रपका प्रमुख सचेतक ज्ञानबहादुर शाही सभामुखको कार्यकक्षमा गएर बैठक अघि नबढाउन आग्रह गरेका थिए ।



प्रकाशित : जेष्ठ ६, २०८१ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x