कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

राष्ट्रिय सभाको बैठक पनि सर्‍यो

काठमाडौँ — दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रिय सभाको बैठक दुई घण्टाका लागि सारिएको छ ।  संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दिउँसो ३ बजेर १५ मिनेटमा बस्नेगरी बैठक तय भएको जानकारी दिए । 

राष्ट्रिय सभाको बैठक पनि सर्‍यो

सहकारीको रकम अपचलनका सम्बन्धी संसदीय छानबिन समिति गठनका लागि कार्यादेश टुङ्गो लगाउन अहिले सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल चलिरहेको छ । कार्यादेश टुङ्गो लाग्न नसकेपछि बैठक सारिएको हो ।

यसअघि प्रतिनिधिसभाको बैठक पनि दिउँसो दुई बजे बस्ने गरी सारिएको थियो ।

प्रकाशित : जेष्ठ ६, २०८१ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x