कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

डा. शाक्यको नयाँ 'भिडियो गीत' सार्वजनिक 

काठमाडौँ — मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत डा.स्मृति शाक्यको नयाँ गीत सार्वजनिक भएको छ । शाक्यले पछिल्लो समय ‘मैले माया लाएको धोका दिन होइन, मैले प्रीति गाँसेको दुःख दिन होइन’ बोलको गीतको  म्युजिक भिडियोसहित बाहिर ल्याएकी छन् ।

डा. शाक्यको नयाँ 'भिडियो गीत' सार्वजनिक 

पूर्वप्रदेशमन्त्री अजयक्रान्ति शाक्यको शब्द र संगीत रहेको छ ।शाक्यले यस अघि अरुणा लामा र रुद्रमणिको गायन तथा अम्बर गुरुङको संगीत रहेको गीत ‘ए–कान्छा मलाई सुनको तारा खसाइ देऊन’ बोलको गीत संगीतज्ञ हरिशरण सायमीसँग ‘कभर सङ’ गाइसकेकी छन् । पूर्वमन्त्री शाक्यकै शब्द तथा संगीत रहेको ‘केही मिठा कुरा गरौन, दुई कदम सँगै हिँडौन, जिन्दगीको के भरोसा, माया माया तिमी नै माया’ बोलको गीतमा चिकित्सक शाक्यकै स्वर रहेको छ ।

प्रकाशित : जेष्ठ ६, २०८१ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×