कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

'महिला उद्यमीलाई सशक्त बनाउन दक्षिण एसियाली महिला विकास मञ्चको भूमिका महत्त्वपूर्ण'

भाद्र १६, २०८१
'महिला उद्यमीलाई सशक्त बनाउन दक्षिण एसियाली महिला विकास मञ्चको भूमिका महत्त्वपूर्ण'

काठमाडौँ — दक्षिण एसियाली महिला विकास मञ्चले दक्षिण एसियाका महिला उद्यमीहरूलाई सशक्त बनाउनका लागि महत्त्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरूले बताएका छन् । मञ्चको गत शुक्रबार सम्पन्न १२ औं वार्षिक साधारण सभाका क्रममा उनीहरुले एक दशकमा यो संस्थाले उल्लेख्य  काम गरेको बताए ।

नेपालका लागि संयुक्त राष्ट्रसंघीय महिला (यूएन वुमन) की आवासीय प्रतिनिधि पेट्रिसिया फर्नान्डेज-पाचेकोले समावेशी अर्थतन्त्र निर्माण गर्न लैंगिक समानतालाई तीव्र बनाउनको लागि तत्काल कदम चाल्नुपर्ने बताइन् ।

महिलाहरूका लागि आउने चुनौती र अवसरहरूको बारेमा बोल्दै उनले २०३० सम्म संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहरू हासिल गर्नका लागि महत्त्वपूर्ण परिवर्तनहरूको आवश्यकता औंल्याइन् ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले शिक्षाले महिलाहरूलाई सशक्त बनाउन र लैंगिक समानता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

काठमाडौं विश्वविद्यालयले वाग्मती र कोशी प्रदेशमा मञ्चका महिला उद्यमी पार्कहरूका लागि प्राविधिक सहयोग र ज्ञान प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आइरहेको छ।

मञ्चकी अध्यक्ष अध्यक्ष प्रमिला आचार्य रिजालले दश वर्षमा संगठनले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरू र चुनौतीहरूको बारेमा चर्चा गर्दै नेपाल र दक्षिण एशियामा महिलाहरूको आर्थिक सशक्तिकरणलाई अगाडि बढाउन संगठनको अविचलित प्रतिबद्धता प्रकट गरिन् ।

पूर्वपर्यटनमन्त्री याङकिला शेर्पा दक्षिण एसियाभर मञ्चको बलियो उपस्थिति मार्फत पर्यटन क्षेत्र प्रवर्द्धनमा यसले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताइन् ।

यस अवसरमा मञ्चको स्थापना र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका संस्थापक सदस्यहरू मीरा ज्योति, श्रीजना राणा, सम्झना आचार्य, डा. शीला वर्मा र स्वस्तिका सिरोहिया (प्रतिनिधित्व श‌ृङ्खला खतिवडा) लाई सम्मान गरिएको थियो ।

प्रकाशित : भाद्र १६, २०८१ १३:५७
x
×