कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

विश्वव्यापी चुनौतीहरुको लागि नेपाल नागरिक समाज सम्मेलन

भाद्र १९, २०८१
विश्वव्यापी चुनौतीहरुको लागि नेपाल नागरिक समाज सम्मेलन

काठमाडौँ — नेपाल नागरिक समाज सम्मेलनले विश्वव्यापी चुनौतीहरूको बीचमा नेपालको भविष्यको लागि मार्ग प्रशस्त गरेको छ ।

नेपालका नागरिक समाजका संगठनहरूले समिट अफ द फ्युचरले जवाफदेहीतासहितको कार्ययोग्य योजना, समतामूलक श्रोत वितरण र शान्ति, समावेशी, जलवायु न्याय, डिजिटल रूपान्तरण र युवा सशक्तिकरणका लागि बलियो अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू ल्याउन माग गरेका हुन् ।

संयुक्त राष्ट्रसंघ नेपाल, गैरसरकारी संस्था महासंघ नेपाल (एनएफएन) र एसोसिएसन अफ इन्टरनेशनल एनजीओ इन नेपाल (एआईएन) ले आयोजना गरेको नेपाल नागरिक समाज समिट अफ द फ्युचरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिक समाजलाई एकै ठाउँमा ल्याएको हो ।

नेपालले समिट अफ द फ्युचरलाई आकार दिन र त्यसको लागि दस्तावेज तयार पार्न नेपालको विकासलाई साकार पार्न सहयोग पुर्‍याउन कसरी राम्रो योगदान दिन सक्छ भनेर छलफल गर्न संस्थाहरू र महिला, युवा र सीमान्तकृत समूहहरूको प्रतिनिधित्व गर्नेहरुको प्राथमिकता हुने छ र नेपालको विकासको प्राथमिकतामा दिगो विकासका लक्ष्यहरुलाई महत्व दिइनेछ ।

सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालको शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन नागरिक समाजका संस्थाहरूले भर्खरै पारित गरेको संविधान कार्यान्वयनमा योगदान पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

संयुक्त राष्ट्र संघको आवासीय संयोजक हाना सिंगर हाम्दीले र नेपालका लागि युनेस्को प्रतिनिधि माइकल क्रफ्टले नेपालमा संयुक्त राष्ट्रले समिट अफ द फ्युचरको नेतृत्वमा महत्वपूर्ण नागरिक समाज सम्मेलनहरू सह–आयोजन गर्न पाउदा गर्व लागेको उल्लेख गरे ।

प्रकाशित : भाद्र १९, २०८१ २२:०४
x
×