कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

'जलवायु परिवर्तनका चुनौती सामना गर्न तीन तहकै सरकार मिल्नुपर्छ'

भाद्र २७, २०८१
'जलवायु परिवर्तनका चुनौती सामना गर्न तीन तहकै सरकार मिल्नुपर्छ'

काठमाडौँ — तीनवटै तहका सरकारहरू मिलेर जलवायु परिवर्तनका चुनौती सामान गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

धनगढीमा बिहीबार ग्लोबल सेन्टर फर क्लाइमेट एण्ड सेक्युरिटी गभर्नेन्स (जिसिएसजी) द्वारा आयोजित जलवायु क्षेत्रको सुशासन : जलवायु परिवर्तिनमा संवेदनशीलता र बुझाइसम्बन्धी अन्तर्क्रियामा बोल्दै सुदूरपश्चिमका राजनीतिककर्मी, सुरक्षा निकायका प्रतिनिधि र नागरिक समाजका अगुवाहरूले उनीहरूले जलवायु क्षेत्रमा सबै सरकारहरूले लगानी बृद्धि गर्नुपर्ने धारणा राखे ।उनीहरुले विद्यालयदेखि नै जलवायु परिवर्तनको सवालमा पठनपाठन गराउनु पर्ने बताएको जिसिएसजीको प्रेस नोटमा छ ।

कांग्रेसका सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक विक्रमसिंह धामी, संसदीय दलका उपनेता सन्तोष शर्मा थापाद्ये स्थानीय स्तरका उत्पादन भएका र खेर गएको काठलाई प्रयोगमा ल्याउनु पर्ने स्थानीय तहले प्लाष्टिक मुक्त, धुँवारहित चुलो लगायतका काम गर्नुपर्नेमा जोड दिएका थिए ।

माओवादी केन्द्रका दलका नेता मानबहादुर धामी,एकीकृत समाजवादी उपनेता प्रकाशबहादुर रावलले जलवायु परिवर्तनका असर कम गर्न केही नीति, नियम भए पनि कार्यान्वयन हुन नसकेको धारणा राखेका थिए ।

प्रदेश सभा सदस्य धर्मराज पाठकस्थानीय स्तरमै भएका कानुनी अन्तरहरुलाई मिलाउनुपर्ने धारणा बताए ।प्रदेश सभा सदस्य लक्ष्मी विकले जलवायु अनुकुलनका लागि स्थानीय स्तरमा भएका परम्परागत तरिकाहरु गाईबस्तुलाई खुवाउन अथवा सिंचाइका लागि बनाइएका पानीखालहरु निर्माण बताइन् ।

स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारा जोशीले जलवायु परिवर्तनका असरलाई कम गर्नका लागि बनेका समझदारी कार्यान्वयन गर्न संयुक्त राष्ट्र संघ जस्ता साझा संस्थालाई बलियो बनाउनु धारणा राखेका थिए ।

प्रदेश सभा सदस्यहरु अक्कल रावल, चक्रबहादुर मल्ल, पदमबहादुर शाही, शिवसिंह ओली, जुना दानी, जानकी ऐर वम र तुलसी देवकोटा लगायतले जलवायु परिवर्तनका असरबारे बोलेका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक डा. राजेन्द्रवीर चन्दले जलवायु परिवर्तनका असर कम गर्नका लागि उचित बजेट विनियोजन नगरेको बताए । कार्यक्रममा प्रतिनिधि सभाका पूर्व सदस्य डा. दीपकप्रकाश भट्ट, जलवायु विज्ञ तथा त्रिभुवन विश्वविद्यालयकन सहप्राध्याक डा. सुस्मिता ढकाल र अभयराज जोशी लगायतले जलवायु सुशासनबारे बोलेका थिए ।यसअघि जिसिएसजीले कर्णाली प्रदेशको सुर्खेतमा जलवायुको विषयमा छलफल गरेको थियो ।

प्रकाशित : भाद्र २७, २०८१ १९:५०
×