कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

काठमाडौं फोटोग्राफर संघको साधारणसभा सम्पन्न

भाद्र ३०, २०८१
काठमाडौं फोटोग्राफर संघको साधारणसभा सम्पन्न

काठमाडौँ — काठमाडौं फोटोग्राफर संघको साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमाडौं फोटोग्राफर संघको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । 

काठमाडौं विश्वविद्यालय भाषा तथा आमसञ्चार विभागका प्रमुख निर्मलमणि अधिकारीको प्रमुख आतिथ्यमा भएको सभाको उद्घाटन कार्यक्रममा संस्थाका गतिविधि, उपलब्धि र भावी योजना प्रस्तुत गरिएका थिए। कार्यक्रममा फोटोग्राफी प्रतियोगिताका विजयीहरू प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतिस्पर्धीहरु क्रमशः नन्दु श्रेष्ठ, उत्सव पुडासैनी र अमिर महर्जनलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै कार्यक्रममा भने संघका नवगठित विभिन्न एरिया समितिहरूलाई पनि सम्मान पत्र र सहयोगी संस्थाहरूलाई कदर पत्र प्रदान गरिएको थियो । अधिकारीले फोटोग्राफी इतिहास र समाजको ऐना रहेको र यसको व्यवसायिकतामा संघले सकारात्मक भूमिका खेलेको बताए ।


प्रकाशित : भाद्र ३०, २०८१ १३:१५
x
×