कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

नेपाल-कोरिया कूटनीतिक सम्बन्धको ५० औं वर्ष :  इन्फ्रा बिज नाईट आयोजना

भाद्र ३०, २०८१
नेपाल-कोरिया कूटनीतिक सम्बन्धको ५० औं वर्ष :  इन्फ्रा बिज नाईट आयोजना

काठमाडौँ — गणतन्त्र कोरियाली दूतावासले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीको अवसरमा शनिबार नेपाल-कोरिया इन्फ्रा बिज नाईट कार्यक्रमको आयोजना गरिएको छ ।

कोरियाले यो वर्षभरि नै ५०औं वर्ष सम्बन्धी विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ । यहि सिलसिलामा शनिबार इन्फ्रा बिज नाईट कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको आर्थिक विकासमा कोरियाली व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताएका थिए । मन्त्री दाहालले कोरिया नेपालको ठूलो व्यापार साझेदार मुलुक भएको उल्लेख गर्दै भविष्यमा पनि यसले निरन्तरता पाउने अपेक्षा व्यक्त गरेका थिए। त्यसैगरी नेपाल सरकारका लागि आत्मिय देश दक्षिण कोरियाबाट सहयोग विस्तारका साथै लामो अवधिका लागि सफ्ट लोनको आवश्यकता रहेको औंल्याउंदै कोरिया सरकारको सकारात्मक भूमिकाका रहनेविश्वास व्यक्त गरे।

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले नेपालमा कोरियाली लगानी भित्र्याउन र व्यापार

प्रवर्द्धन गर्न निरन्तर लागि पर्ने जानकारी गराएको प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपालको आर्थिक समृद्धिका लागि सहयोग गर्न गणतन्त्र कोरिया सदा तयार रहेको पनि उनले बताए । कार्यक्रममा सहभागि तथा प्रस्तोता उद्योगी, व्यवसायीहरुले पनि नेपाल कोरियाबीचको व्यापार अभिबृद्धिमा जोड दिनुका साथै नेपालमा लगानी बढाउन कोरियाली लगानीकर्ताहरुलाई आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा कोरिया सरकारले नेपाली व्यवसायी IJ ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठलाई सम्मान गरेको थियो ।गणतन्त्र कोरिया सरकारले कोरिया र नेपालबीच आर्थिक सहयोग विस्तारमा वर्षौं देखिको योगदानलाई कदर गर्दैअध्यक्ष श्रेष्ठलाई हौसला स्वरुप प्रशंसा पत्र प्रदान गरेको हो।

प्रकाशित : भाद्र ३०, २०८१ १९:३५
x
×