कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

चुम्लुङको ३६ औं स्थापना दिवस सम्पन्न

भाद्र १८, २०८१
चुम्लुङको ३६ औं स्थापना दिवस सम्पन्न

काठमाडौँ — याक्थुङ लिम्बू जातिको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुङ(किचायु)को ३६ औं स्थापना दिवस ५ दिनसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरि सम्पन्न भएको छ ।

कार्यक्रमको अन्तिम दिन अयोजित मूल समारोहमा यस वर्षको कियाचु रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार 'तङसिङ मुन्धुम'का संकलक तथा सम्पादकद्धय मेहरमान लाबुङ र हर्कजंग कुरुम्बाङलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । चुम्लुङका पूर्व अध्यक्ष स्वर्गीय मन्जुलकुमार सिंह याक्थुङवाद्वारा स्थापित सो पुरस्कारको राशी १ लाख रुपैयाँ र सम्मान पत्र रहेको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ(बैरागी काइला)ले धर्मले मानिसलाई विभाजन गर्ने तर संस्कृतिले जोड्ने बताए ।

उनले मुन्धम लिम्बू जातिको महत्त्वपूर्ण सांस्कृतिक एवं सामाजिक दस्तावेज भएको बताउँदै पछिल्लो साढे तीन दशकमा मुन्धुमलाई दस्तावेजीकरण गर्ने सवालमा निकै उपलब्धिमुलक काम भएको समेत जानकारी दिए ।

प्रकाशित : भाद्र १८, २०८१ १७:४८
x
×