कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

दीपकको 'सत्य' सार्वजनिक

भाद्र १७, २०८१
दीपकको 'सत्य' सार्वजनिक

काठमाडौँ — कुशे औंशी, बुवाको मुख हेर्ने दिनको अवसर पारेर दिपक खनालले ‘सत्य’ नामक गीत सार्वजनिक गरेका छन्  । गीतमा जगतको सबैभन्दा ठूला अभिभावक मान्यजन एवं प्रिय व्यक्तिलाई गुमाउनु पर्दाको दु:खद घटनाको वर्णन छ । साहित्यकार केशरीको शब्दमा खनालले स्वर दिएका हुन् । 

सरकारी सेवामा रहेका खनालको बालापन देखिकै गीत सङ्गीतमा आघात रुचि रहेकोले त्यसको प्रस्फुटन गरेको बताए । गजल शैलीमा रचिऐको यस गीतमा भरत बस्नेतले संगीत भरेका छन् । ‘संसारका अरू सबै चिजहरु यथावत छन् तर मुख्य अभिभावक नहुँदा सबै शून्य भएको यथार्थता गीतमा छ । बुवा नहुदाँको क्षणको कल्पना गीतमा छ’ खनालले भने ।


प्रकाशित : भाद्र १७, २०८१ १७:२६
x
×