कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राउण्ड टेबल नेपालको अध्यक्षमा अग्रवाल चयन

भाद्र १८, २०८१
राउण्ड टेबल नेपालको अध्यक्षमा अग्रवाल चयन

काठमाडौँ — राउण्ड टेबल नेपालको अध्यक्षमा प्रवेश अग्रवाल चयन भएका छन् । गत शनिबार झापाको विर्तामोडमा सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट अग्रवाल अध्यक्षमा चयन भएका हुन् ।

उपाध्यक्षमा सुमित मित्तल, सचिवमा मनिष लाठ, कोषाध्यक्षमा अंकित अग्रवाल र सम्पादकमा दिपेश खेतान चयन भएका हुन् । साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसँगै लेखापरीक्षकको प्रतिवेदनसमेत पारित गरी नयाँ कार्य समिति समेत चयन गरेको हो । जसमा, निर्वतमान अध्यक्ष नितेशकुमार अग्रवाल पनि रहेका छन् ।

राउण्ड टेबल नेपाल १८ देखि ४० वर्षसम्मका पुरुष युवाहरुको संस्था भएको बताउँदै अध्यक्ष अग्रवालले संस्थाको मुख्य उद्देश्य एडप्ट, एडप, इम्प्रुभ रहेको जानकारी दिए । राउण्ड टेबल नेपाल विगत २४ वर्षदेखि मुलुकभर विभिन्न सामाजिक कार्यहरुमा संलग्न रहेको छ । विषेशगरी संस्थाले शैक्षिक क्षेत्र, स्वास्थ्य तथा पर्यावरणको क्षेत्रमा अग्रसर भई काम गर्दै आइरहेको छ ।

नयाँ कार्य समितिले राउण्ड टेबलले सुरु गरेका कार्यक्रमहरु अन्तर्गत विद्यालयको स्तरोउन्नति, राउण्ड टेबल नेपाल मोडल स्कुल स्थापना, विपन्न वर्गका बालबालिकाहरुलाई प्रदान गर्दै आएको छात्रबृत्ति कार्यक्रम, तथा १ देश १ लाख विरुवाको नारालाई समेत निरन्तरता दिने जनाएको छ।

प्रकाशित : भाद्र १८, २०८१ १३:३४
x
×