कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मार्क्सवादी ज्ञान केन्द्रको अध्यक्षमा पुनः तिमिल्सिना

भाद्र १५, २०८१
मार्क्सवादी ज्ञान केन्द्रको अध्यक्षमा पुनः तिमिल्सिना

काठमाडौँ — मार्क्सवादी ज्ञान केन्द्रको चौँथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षमा पुनः मनहरि तिमिल्सिना चयन भएका छन् । उनको नेतृत्वमा १७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चुनिएको छ ।

ज्ञान केन्द्रको वरिष्ठ उपाध्यक्षमा इन्द्रराज भट्टराई, उपाध्यक्षमा रेशमकुमार अधिकारी, महासचिवमा हुमनाथ न्यौपाने ‘सुदीप’, उपमहासचिवमा दुस्यान्त भट्टराई, सचिवमा सागर अधिकारी र कोषाध्यक्षमा राधिका ओझालाई चयन भएका छन् ।

सदस्यहरूमा भीमप्रसाद सुवेदी, भूपनारायण यादव, त्रिविक्रम ज्ञवाली, सीता कडरिया, टीका ओली, शंकर खतिवडा, आस्था घिमिरे, राजुराम सार्की भुल, मीनादेवी नेपाल र लक्ष्मण गुरुङ चयन भएका छन् ।

त्यस्तै, सभाले ज्ञान केन्द्रका विभाग प्रमुख र प्रदेश अध्यक्ष समेत चयन गरेको छ । कोशीमा सीता कडरिया, मधेशमा भूपनारायण यादव, वाग्मतीमा सागर अधिकारी, गण्डकीमा भीम सुवेदी, लुम्बिनीमा गेहेन्द्र ढकाल, कर्णालीमा जयशंकर धिताल र सुदूरपश्चिममा राजुराम सार्की भुल प्रदेश अध्यक्षमा चयन भएका छन् ।

अध्यक्ष तिमिल्सिनाले ज्ञान केन्द्रले वैचारिक कामलाई अझ सशक्त ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाए ।

प्रकाशित : भाद्र १५, २०८१ १५:५२
x
×