कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

महाकालीमा पौडी खेल्न गएका किशोर बेपत्ता

सशस्त्रको गोताखोरी टोली परिचालन
भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् । शनिबार साँझ दोधारा चाँदनी नगरपालिका–९, ढकनाघाटनजिकै स्थानीय १७ वर्षीय विष्णु सुनार बेपत्ता भएका हुन् । 

शनिबार साँझदेखि नै बेपत्ता भएका सुनारको खोजी सुरु गरिए पनि अझै पत्ता लागेको छैन । नदीमा पौडी खेल्न ६ जना सँगै गएका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार सशस्त्र प्रहरीको गोताखोर टोलीसँगै प्रहरी र स्थानीय खोजीमा जुटेका छन् ।


प्रकाशित : जेष्ठ ६, २०८१ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x