म्यान्मारकी नेतृ आङ सान सुचीले संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा मुलुकविरुद्ध लागेको नरसंहार आरोपको खण्डन गरेकी छन् । उनी आफ्नो मुलुकको बचाउ पक्ष उभिएकी छन् ।
युरोपेली च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन लिभरपुलले मंगलबार राति साल्सबर्गलाई २–० ले हरायो र समूह ई विजेता बन्यो । यसै समूहको अर्को खेलमा नेपोलीले गेन्कलाई ४–० ले पराजित गर्न सफल रह्यो ।
न्युजिल्यान्डमा एउटा ज्वालामुखी विस्फोट भएपछि कम्तीमा ५ जनाको मृत्यु भएको छ । अधिकारीका अनुसार २० जना घाइते छन् । उनीहरूको शरीर पोलेको छ । उद्धारकर्मीहरूका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
इराकमा रोजगारी र भ्रष्टाचार निवारणको माग गर्दै केही सातादेखि जारी प्रदर्शन थप चर्केको छ । राजधानी बग्दादमा भएको प्रदर्शनका क्रममा कम्तीमा १६ जना आन्दोलनकारीको ज्यान गएको छ ।
अक्षयकुमारको एउटा फिल्म हलबाट उत्रिसकेको हुँदैन, अर्को फिल्मको ट्रेलर आइसक्छ । वर्षमा सरदर ४ फिल्म खेल्छन् नै । योभन्दा अचम्मचाहिँ उनका सबै फिल्म हिट हुन्छन् । पछिल्लो फिल्म 'हाउसफुल ४' लाई छोड्ने हो भने अक्षय अभिनीत फिल्मले समीक्षकबाट प्रशंसा पाएका छन् । मिसन मंगल, केशरी, गोल्ड, प्याडम्यान आदि–आदि ।
फिलिपिन्सको लुजन टापुमा मंगलबार आएको भीषण आँधीका कारण कम्तीमा २ लाख मानिस विस्थापित भएका छन् । अधिकारीका अनुसार ‘कमुरी’ आँधीका कारण लुजन टापुको दक्षिणी भेगमा भारी वर्षा भएको छ । आँधीपछि शनिबार सुरु भएको दक्षिण–पूर्वी एसियाली खेल प्रभावित भएको जनाइएको छ । अधिकारीका अनुसार केही खेल रद्द गरिएका छन् भने केहीका लागि नयाँ तालिका सार्वजनिक गरिएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मानव जातिले प्रकृतिविरुद्धको युद्ध बन्द गर्नुपर्ने बताएका छन् । उनले मड्रिडमा सुरु भएको जलवायु सम्मेलनअघि अन्तर्राष्ट्रिय समुदायलाई जलवायु परिवर्तनका असरबारे सचेत गराएका हुन् ।