कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

२०२३ मा विश्वका अर्बपतिहरूको सम्पत्ति मूल्य ५ खर्ब डलर घट्यो 

एजेन्सी

काठमाडौँ — फोर्ब्सले सन् २०२३ का विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । विश्वका २ हजार ६४० अर्बपतिहरु फोर्ब्सको सूचीमा परेका छन् । यी अर्बपतिहरुको सम्पत्ति अहिले १२२ खर्ब डलर (१२. २ ट्रिलियन) भएको छ । २०२२ मार्चको तुलनामा अहिले यी अर्बपतिहरुको समग्र सम्पत्ति मूल्य ५ खर्ब डलर (५ सय बिलियन) झरेको छ ।

२०२३ मा विश्वका अर्बपतिहरूको सम्पत्ति मूल्य ५ खर्ब डलर घट्यो 

एलन मस्कसहित आधा संख्याका अर्बपतिको सम्पत्ति पहिलेको तुलनामा घटेको छ । अर्बपतिको सूचीमा पहिलो नम्बरमा बेर्नार्ड अर्नौल्ट परेका छन् । लुइस भ्यूटन तथा सेफोसहित विभिन्न ७५ कस्मेटिक ब्राण्डका मालिक बेर्नार्ड फ्रान्सेली हुन् । उनको सम्पत्ति २ खर्ब २८ अर्ब डलर बराबर छ । अर्बपतिको दोस्रो स्थानमा एलन मस्क छन् । टेस्ला तथा स्पेसएक्सका मालिक उनको सम्पत्ति गत वर्षभन्दा घटेको छ । गत वर्ष पहिलो नम्बरमा रहेका उनको सम्पत्ति अहिले घटेर १ खर्ब ९२ अर्ब डलर हाराहारीमा झरेको छ ।

त्यस्तै जेफ बेजोस, लरी इलिसन, वारेन बफेट, बिल गेट्स, माइकल ब्लुमबर्ग, कार्लोस स्लिम हेलू, मुकेस अम्बानी, स्टेभ बल्मेर अर्बपतिको सूचीमा शिर्ष १० नम्बरमा छन् । यीमध्ये मस्क, बेजोस, बफेट, गेट्स, अम्बानी र बल्मेरको सम्पत्ति मूल्य गत वर्षको तुलनामा घटेको छ । सूचना प्रविधि तथा टेलिकम क्षेत्रका लगानीकर्ता अर्बपतिको सूचीमा अगाडि देखिएका छन् । नेपालका विनोद चौधरी पनि अर्बपतिको १६४१ औं स्थानमा परेका छन् । उनको सम्पत्ति १ अर्ब ८० करोड डलर बराबर रहेको फोर्ब्सको सूचीमा उल्लेख छ ।


प्रकाशित : चैत्र २२, २०७९ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?