रसुवा — नेकपा (एमाले) जिल्ला कमिटी रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । सदरमुकाम धुञ्चेमा सम्पन्न नवौं जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा ८० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको हो ।
त्यस्तै उपाध्यक्षमा कैसाङ नुर्पु तामाङ,सचिवमा पेम्बा लामा,उपसचिवमा सुकुबहादुर तामाङ र चमेली गुरुङ निर्वाचित भएका छन् । ढकाल यसअघि पार्टीको जिल्ला सचिव थिए ।