कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

विपक्षी दल बैठक : गृहमन्त्री लामिछानेलाई बोल्न नरोक्ने, समिति नबन्दासम्म अन्य कार्यसूचीमा प्रवेश गर्न नदिने

रवि लामिछानेले बोल्ने समय माग्नु भएको छ । हामी उहाँलाई सुन्न तयार छौं : रमेश लेखक

काठमाडौँ — कांग्रेस लगायतका विपक्षी दलहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामछानेलाई प्रतिनिधिसभामा उनीमाथिका उठेका प्रश्नहरूको जवाफ दिनेगरी बोल्न अवरोध नगर्ने निर्णय गरेका छन् । विपक्षी दलका नेताहरूको संसद्‌ भवनमा भएको बैठकले लामिछानेलाई बोल्न अवरोध नगर्ने तर संसदीय छानबिन समिति नबन्दासम्म अन्य कार्यसूची चाहिँ अघि बढाउन नदिने निर्णय गरेको हो

विपक्षी दल बैठक : गृहमन्त्री लामिछानेलाई बोल्न नरोक्ने, समिति नबन्दासम्म अन्य कार्यसूचीमा प्रवेश गर्न नदिने

'संसदीय छानबिन समिति बनाउने विषयलाई सकारात्मक लिएका छौं । रवि लामिछानेले बोल्ने समय माग्नु भएको छ । हामी उहाँलाई सुन्न तयार छौं' बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने,' छानबिन समिति नबनिकन सरकारी बिजनेस प्रवेश गर्न चाहिँ हामी दिन्नौं ।'

उनले लामिछानेलाई सभामुखले बोल्नु दिए अवरोध नगर्ने उल्लेख गर्दै उनले बोलेका कुराले समितिको कार्यक्षेत्र तोक्नका लागि सहज हुनसक्ने बताए । यसअघि कांग्रेसले सहकारीको बचत अपचलनको विषयमा छानबिन समिति नबन्दासम्म लामिछानेलाई बोल्न पनि अवरोध गर्दै आएको थियो । गत शुक्रबारको बैठकमा सभामुखले लामिछानेलाई बोल्ने समय दिँदा प्रतिनिधिसभामा धकेलाधकेल नै भएको थियो ।

प्रकाशित : जेष्ठ ६, २०८१ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x