२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

भागबण्डा मिलाउन वाग्मती प्रदेशमा संसदीय समिति थप

सुवास विडारी

मकवानपुर — दलहरूबीच भागबण्डा मिलाउन वाग्मती प्रदेशमा संसदीय समिति थप गरिएको छ ।

भागबण्डा मिलाउन वाग्मती प्रदेशमा संसदीय समिति थप

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलमध्ये पाँच वटा दलबीच संसदीय समितिको सभापतिमा भागबण्डा नमिलेपछि शुक्रबार समिति थप्ने निर्णय भएको हो ।

संसदीय समिति गठनका लागि शुक्रबार सभापति पदमा उम्मेदावरी दर्ता गर्ने कार्यतालिका प्रारम्भ भइसकेको अवस्थामा दलहरुबीच संसदीय समिति थप्ने विषयमा सहमति जुटेको हो ।

वाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकको कार्यकक्षमा भएको पाँच दलीय बैठकले प्रदेशसभा नियमावली, २०७४ अनुसार विशेषाधिकार समिति थप गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार विशेषाधिकार समितिमा १७ जना सदस्य रहने नियमावलीले व्यवस्था गरेको छ ।

प्रकाशित : जेष्ठ ४, २०८१ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x