कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

खोलाले बगाउँदा चितवनको सिद्धिमा १ जनाको मृत्यु

रमेशकुमार पौडेल

चितवन — खोलाले बगाउँदा चितवनको कालिका नगरपालिका-१० सिद्धिमा एक जनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार बिहीबार साँझ सात बजे कालिका-१० सिद्धिको देउजर सिइकराङका ३३ वर्षीय गम्भीर चेपाङ खोलामा बगेका थिए । खोजतलासका क्रममा शुक्ररबार बिहान सवा छ बजेतिर उनको शव भेटिएको हो ।

घटनास्थलमा रहेका कालिका नगरपालिकाका मेयर विनोद रेग्मीका अनुसार सिद्धि तीनदोभान बजारबाट घर फर्कन लागेका गम्भीर कयरखोला तर्ने क्रममा बगेका थिए । स्थानीयका साथै प्रहरी र नेपाली सेनाको सिंहनाथ गणले हिजो राति अबेलासम्म खोजतलास गरेको थियो ।

शुक्रबार बिहान घटनास्थलदेखि लगभग डेढ किलोमिटर तल निबुवाटारमा गम्भीरको शव फेला परेको मेयर विनोद रेग्मीले बताए । आदिवासी चेपाङ बहुल चितवनको पहाडी क्षेत्र सिद्धिका खहरे खोलाहरूमा झोलुङ्गे पुलसम्म नहुँदा बर्खायाममा आउजाउका लागि स्थानीयले कष्ट उठाउँदै आएका छन् ।

प्रकाशित : श्रावण ११, २०८१ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×