२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

कांग्रेसका छिरिङ र श्रीरामद्वारा उम्मेदवारी दर्ता

सुवास विडारी

मकवानपुर — नेपाली कांग्रेसले वाग्मती प्रदेशसभामा दुई वटा समितिको सभापति मात्रै उम्मेदावरी दर्ता गराएको छ ।

कांग्रेसका छिरिङ र श्रीरामद्वारा उम्मेदवारी दर्ता

ठूला दलहरुबीच भएको सहमति अनुसार कांग्रेसका २ सांसदले मनोनयन दर्ता गरेका छन् । कांग्रेसका छिरिङ दोर्जे लामाले प्रदेश मामिला समिति तथा श्रीराम लामिछानेले प्रदेशसभाको सार्वजनिक लेखा समितिमा मनोनयन दर्ता गरेका हुन् ।

छिरिङले सांसद कुन्दनराज काफ्लेको प्रस्ताव र प्रभात तामाङको समर्थनमा मनोनयन दर्ता गरेका हुन् । सांसद लामा काठमाडौं क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सांसद हुन् । उनी दोस्रो पटक प्रदेशसभामा निर्वाचित सांसद् हुन् ।

लामिछानेले सांसद कुमार तामाङको प्रस्ताव र माया श्रेष्ठको समर्थनमा मनोनयन दर्ता गरेका हुन् । सांसद लामिछाने काठमाडौं क्षेत्र नम्बर ४(१) बाट निर्वाचित सांसद हुन् ।

प्रदेशसभा सचिवालयले निर्धारण गरेको संसदिय समिति सभापति निर्वाचन कार्यक्रमअन्तर्गत शुत्रबार मनोनयन दर्ताको कार्यक्रम तय गरेको थियो ।

प्रकाशित : जेष्ठ ४, २०८१ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?