कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

संसदीय समिति सभापतिका लागि उम्मेदवारी दर्ता गरिँदै

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सभाअन्तर्गतका पाँच वटा समितिको सभापति पदको निर्वाचनअन्तर्गत शुक्रबार आकांक्षीहरूले उम्मेदवारी दर्ता गर्दैछन् । प्रदेशसभा सचिवालयले निर्वाचनका लागि बिहीबार मतदाता नामावली सार्वजनिक गरेको छ । 

संसदीय समिति सभापतिका लागि उम्मेदवारी दर्ता गरिँदै

शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम रहेको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार साँझ ५ बजेदेखि ६ बजेसम्म मनोनयन फिर्ता लिने पाउने र ६ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ ।

समिति सभापति चयनका लागि शनिबार दिउँसो ३ बजेर ३० मिनेटदेखि मतदान हुने र आइतबार बिहान १० बजे निर्वाचित हुनेहरूलाई शपथग्रहण गराउने कार्यतालिका छ ।

प्रदेश सभाअन्तर्गतका प्रदेश मामिला समिति, अर्थ विकास समिति, सार्वजनिक लेखा समिति, उद्योग, पर्यटन तथा वातावरण समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति चयनका लागि निर्वाचन हुन लागेको हो । जसअन्तर्गत प्रदेश मामिला समितिमा १९ जना, अर्थ तथा विकास समितिमा २० जना, सार्वजनिक लेखा समितिमा १८ जना, शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ र उद्योग, पर्यटन समितिमा १९ जना मतदाता रहेका छन् ।

प्रकाशित : जेष्ठ ४, २०८१ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×