कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सांसदले बिर्सिएको शिष्टाचार

पाठक पत्र

केही वर्षअघि शैक्षिक भ्रमणका लागि मेरा विद्यार्थी लिएर संघीय संसद् गएको याद छ । विद्यार्थीहरू संसद् भवनभित्र लागू गरिएको सम्मानको कडा संहिता, कूटनीतिक अनुशासनबाट प्रभावित भएका थिए । संसद्लाई लोकतन्त्रको प्रतीक मानिन्छ । संसद्का सदस्यहरू नागरिकका सम्मानित प्रतिनिधि हुन् । प्रजातान्त्रिक रूपमा निर्वाचित हाम्रा प्रतिनिधिहरूबाट राम्रो आचरणको स्वाभाविक रूपमा हामी आशा गर्छौं ।

संसदीय कार्यमा शिष्टता र सम्मान सर्वोपरि हुन्छ । तर हालै नेपाली कांग्रेसका केही सांसदले गरेको अभद्र व्यवहार देखेपछि म निराश छु । भिडियोमा स्पष्ट रूपमा देखिन्छ कि कसरी प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई उनीहरूले मौखिक रूपमा आक्रमण गरे । तोडफोडको मनसायले क्रोधित भीडको सम्झना गराउँछ ।

विपक्षीलाई शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार छ भन्ने हामीलाई थाहा छ । तर आफ्नो असन्तुष्टि देखाउन संसद्को सम्पूर्ण कारबाही अपहरण गर्नु लोकतन्त्रमाथिको प्रहार हो । संसद् भवनभित्र वरिष्ठ नेताहरूलाई अभद्र गाली गरेकामा उनीहरूले तुरुन्त माफी माग्नुपर्छ ।

अन्यथा राजनीतिज्ञहरूको यस प्रकारको आक्रोशपूर्ण व्यवहारले जनतामा गलत संकेत दिन्छ । नेपाली जनता पहिलेदेखि नै आर्थिक संकटका कारण निराश र अधीर छन् । संसद्भित्र जे हुन्छ, त्यसको अनुकरण जनताले सडकमा गर्नेछन् । नागरिकको करको पैसाबाट तलब पाउने सांसदहरूले सदाचारमा रहनु नैतिक दायित्व हो ।
उज्ज्वल श्रेष्ठ, ललितपुर

प्रकाशित : जेष्ठ ६, २०८१ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×