कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

राजनीतिमा आशाको दियो खै ?

पाठक पत्र

कान्तिपुर दैनिकमा साउन ८ गते प्रकाशित ‘सरकारले जगाउला आशाको दियो ?’ शीर्षक लेखमा उमेश मैनालीले केही प्रश्न उठाउनुभएको छ । बाबा थरीथरीका हुन्छन्— कनफट्टा बाबा, खडेसुरी बाबा, मौनी बाबा, नागा बाबा आदि । नागा बाबा नाङ्गै रहन्छन् । मेरो गाउँका एक नागा बाबा अयोध्यामा बस्थे ।

उनको हालचाल सोधियो भने उनी भन्थे— रामराज सुख सेज विलासा, जुन रामायणमा कहाँ लेखिएको छ मलाई थाहा छैन । उमेरको तेस्रो प्रहरमा विवाह गरेर पत्नीको झाडु खाँदै गाउँमै उनी बिते । कनफट्टा बाबा सबैका कान चिरेको हुन्छ । हिजोआज उनीहरूले घुँडामुनि घन्टी पनि झुन्ड्याएका हुन्छन् । हिँड्दा घन्टी बजेको बज्यै हुन्छ ।

एक दिन एक जना गाउँमा भिक्षा माग्न गए र एक महिलालाई भने— बच्चा, एक वर्षमा तेरो सन्तान छोरो जन्मिनेछ । महिला मक्ख परेर हलुवापुडी खुवाएर बिदा गरिन् । भोलिपल्ट महिलाका पतिको निधन भयो । गाउँलेले त्यसपछि कनफट्टा जोगीलाई भिक्षा दिन छाडे ।

तर, के गर्ने त्यस क्षेत्रमा चारैतिर कनफट्टै जोगी थिए, सबैका कानै चिरेका । नेपालको राजनीतिक क्षेत्रमा पनि केवल कान चिरेकै जोगी छन् । त्यसमाथि उनीहरू घुँडामा घन्टी पनि बजाउन थालेका छन् । लेखक मैनालीले भनेजस्तो आशाको दियो नजल्ने निश्चित छ । तर, आशावादी लेख उपयुक्त नै लाग्यो ।
– शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : श्रावण १०, २०८१ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×