कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

डेंगी महामारीको संकेत

पाठक पत्र

गर्मी मौसमको सुरुवातसँगै विगत वर्षहरू जस्तै यस पटक पनि काठमाडौंमा लामखुट्टेको बिगबिगी बढ्नुका साथै डेंगीको प्रकोप पनि देखिन थालेको छ । यस पटक डेंगी संक्रमितको संख्या दिन प्रतिदिन वृद्धि भइरहेको छ । गत साल मात्रै पनि गर्मी मौसममा डेंगीबाट प्रत्येक घरका कोही न कोही सदस्य प्रभावित भएका थिए । त्यस्तै, अस्पतालमा डेंगीका बिरामीको भीडभाड निकै बढेको थियो । सायद यो घटना डेंगी प्रभावित जो कसैले पनि बिर्सेका छैनन् होला ।

यस पटक पनि यस्तै हुन्न भन्न सकिँदैन । अहिले काठमाडौंका सबै ठाउँमा फोहोरको उचित व्यवस्थापन भएको पाइँदैन । सार्वजनिक स्थल तथा घर वरपरका पानी जम्ने खाडल त्यसै देखिन्छन् । अझ सडक निर्माण कार्यले गर्दा सडकका ठाउँठाउँमा पानी जमेको छ ।

यसर्थ, सम्बन्धित निकायले ती स्थानका पानी जम्ने खाडल पूर्ण रूपमा पुर्नुका साथै टोलटोलमा डेंगीको नियन्त्रणबारे जनचेतनामूलक कार्यक्रमलाई अझ तदारुकताका साथ सञ्चालन गर्नु अति आवश्यक छ । अन्यथा यसले फेरि यस पटक महामारीको रूप लिन सक्छ ।

यसतर्फ हामी आफैं सजक भई आफ्नो घरआँगन सफा राखौं । घर वरपर पानी जम्ने खाडल छ भने बेलैमा पुरौं । साथै, लामखुट्टेको टोकाइबाट जोगिन झुल लगाएर सुत्ने गरौं ।
– अच्युतमान सिंह प्रधान, बालुवाटार, काठमाडौं

प्रकाशित : श्रावण १०, २०८१ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×