कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

'जनयुद्धका चिठी' सार्वजनिक

काठमाडौँ — आस्था केसीको 'जनयुद्धका चिठी' नामक पुस्तक सार्वजनिक भएको छ। शनिबार माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा  प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सो पुस्तक सार्वजनिक गरेका हुन्।

'जनयुद्धका चिठी' सार्वजनिक

१५ वर्षको उमेरमा माओवादी जनयुद्धमा होमिएकी आस्था केसीले जनयुद्धको समयमा आफूले प्राप्त गरेका १५० वटा चिठीहरू संकलन गरेर पुस्तकाकारमा प्रकाशन गरेकी हुन्।

अखिल नेपाल महिला संघ क्रान्तिकारीकी तत्कालीन गुल्मी जिल्ला अध्यक्ष केसीले गुल्मी जिल्लामा रहेर ६ वर्ष भूमिगत जीवन बिताइन्। सोही समयमा सहकर्मी योद्धाहरू, घरपरिवार र नेतागणहरूबाट समेत प्राप्त भएका सर्कुलर, परिपत्र र चिठीहरुलाई पुस्तकमा समेटेकी छन्।

जनसत्ता र राजनीति, निर्देशन र परिपत्र, अजम्मरी हस्ताक्षर, महिला आन्दोलनका आयाम, प्रेमको रंगीन अनुभूति, युद्धमोर्चाका आरोह अवरोह, कार्यक्षेत्रको अनुभूति, आत्मीय मन, जसको प्रेरणाले कठिन बाटोमा सहज बनायो र बाल्यकालका दौँतरी र घरका पत्र गरी १० भागमा केन्द्रित गरेर प्रकाशन गरिएका १५० वटा चिठीपत्रले तत्कालीन जनयुद्धमय परिवेश बुझ्न मद्दत गर्ने लेखकले बताएकी छिन् ।पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो । लेखक केसीको यसअगाडि 'उज्यालोको खोजी' गजलसंग्रह प्रकाशित छ।

प्रकाशित : जेष्ठ ६, २०८१ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x