कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

वाग्मती प्रदेशमा दश महिनामा ट्राफिक कारबाहीबाट  १४ करोड ३३ लाख राजस्व संकलन, दुई सय ६१ जनाको मृत्यु

वाग्मती — सवारी दुर्घटना न्यूनीकरण गर्न वाग्मती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि कारबाही गरेको छ । 

वाग्मती प्रदेशमा दश महिनामा ट्राफिक कारबाहीबाट  १४ करोड ३३ लाख राजस्व संकलन, दुई सय ६१ जनाको मृत्यु

सो कारबाहीबाट १४ करोड ३३ लाख ६४ हजार राजस्व संकलन भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । पूर्वपचिम राजमार्गमा जडान गरिएको सिसीटिभी र ‘रडार गन’बाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले चालु आवको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी साधनमाथि नियम उल्लङ्घन गन कारबाही गरेको हो ।

दुई सय ६१ जनाको मृत्यु

उक्त अवधिमा वाग्मती प्रदेशका १० वटा जिल्लामा भएका एक हजार एक सय ७६ सवारी दुर्घटनामा दुई सय ६१ जनाको मृत्यु भएको तथा दुई हजार पाँच सय ८६ जना घाइते भएका सो कार्यालयले जनाएको छ ।

उक्त कार्यालयले गत आवमा दुई लाख ९१ हजार दुई सय ९३ सवारीमाथि कारबाही गरी २६ करोड ३६ लाख ८३ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको थियो । उक्त आवमा एक हजार तीन सय ६२ सवारी दुर्घटनामा तीन सय चार जनाको मृत्यु भएको थियो । आव २०७८/७९ मा दुई लाख ५० हजार नौ सवारी साधनमाथि कारबाही गरी दुई करोड ४१ लाख ७० हजार रपैयाँ राजस्व संकलन गरेको थियो ।

प्रकाशित : जेष्ठ ४, २०८१ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×