२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

हात्तीको आक्रमणबाट राईको मृत्यु

प्रताप विष्ट

हेटौंडा — मकवानपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका –६ स्थित चितवन राष्ट्रिय निकुन्जको जंगलमा सोही वडाको प्रतापपुरका ५६ वर्षीय कालेबहादुर राईको मृत्यु भएको हो  । 

हात्तीको आक्रमणबाट राईको मृत्यु

उनीसहित ३ जना बिहीवार निकुञ्जमा भैँसी चराउन गएको अवस्थामा हात्तीले आक्रमण गर्दा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

राईसँगै गोठालो गएका दुई जना भाग्न सफल भएका थिए । भागेर ज्यान बचाउन सफल भएका दुई जनाले निकुन्ज सुरक्षार्थ खटिएका नेपाली सेनाको नयाँ सबुज गण बंकर पोष्ट सुनाचुरी मकवानपुरमा जानकारी गराएका थिए ।

सेनाले शुक्रबार प्रहरीलाई जानकारी दिएको हो । हात्तीको आक्रमणबाट मकवानपुरमा चालु आर्थिक वर्षको ११ महिनामा ४ जनाको मृत्यु भइसकेको छ । यो अवधिमा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

हात्तीले ११ महिनामा मकवानपुरमा नौ वटा घर गोठमा क्षति पुर्‍याएको छ ।

प्रकाशित : जेष्ठ ४, २०८१ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x