कञ्चनपुरको महेन्द्रनगरस्थित होटेल ओपेराको स्विमिङ पुलमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । क्यासिनो खेल्न आएका भारत उत्तराखण्डको रामपुरका ३९ वर्षीय फेज अहमदको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिमकै पुरानो नगरपालिका कञ्चनपुरको भीमदत्तमा कांग्रेसका पदम बोगटी प्रमखमा निर्वाचित भएका छन् । स्थानीय तहको पहिलो निर्वाचनमा पराजित भएका बोगटीले आफ्नो गुमेको साख मात्रै फर्काएनन् पारिवारिक विरासतसमेत थामेका छन् । २०३४ मा स्थापना भएको भीमदत्त नगरपालिका भारतसँग सीमा जोडिएको र भीमदत्त पन्तको कर्मथलोका रूपमा पनि चिनिने भएकाले महत्त्वपूर्ण छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । शुक्लाफाँटाको मेयरमा एमालेका रणबहादुर महरा र उपमेयरमा कांग्रेसकी उम्मेदवार कल्पनाकुमारी जोशी निर्वाचित भएका हुन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन । कृष्णपुरको मेयरमा कांग्रेसका उम्मेदवार हेमराज ओझा र उपमेयरमा द्रोपति राना विजयी भएका हुन् ।
भारतका विभिन्न ठाउँबाट मतदान गर्न घर आएकाहरू स्थानीय तहको निर्वाचन सकिएलगत्तै फर्किन थालेका छन् । कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाका भएर उनीहरू भारतका विभिन्न सहर फर्किरहेका हुन् ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी ब्यारेक नजिकै मोटरसाइकल र जिप ठोक्किदा दुई जनाको मृत्यु भएको छ । बेदकोट नगरपालिका ५ धरमपुरका गणेश बम र भुतेश बमको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा भोजराज बोहरा र उपप्रमुखमा तुलसीदेवी जोशी निर्वाचित भएका हुन् । बोहराले ८ हजार ७८ मत प्राप्त गर्दै जीत हात पारे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुशीला सिंहले ४ हजार ७४० मत प्राप्त गरिन् । एकीकृत समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८९८ मत प्राप्त गरे ।