कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

महाकालीमा पानीको बहाब घट्यो

भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीमा पानीको बहाब घटेको छ । बिहीबारदेखि बढेको पानीको बहाब शुक्रबार घटेको हो । शुक्रबार बिहान ९ बजेको मापनअनुसार महाकालीमा पानीको बहाब ९३ हजार ४ सय ४  क्युसेक पुगेको प्रहरीले जनाएको छ ।

पानीको बहाब घटेसँगै शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधनको अवागमन सुचारु भएको छ । शुक्रबार बिहानदेखि चार पांग्रे सवारी साधन आवागमन सुचारु भएको हो ।

बिहीबार दिउँसो नदीमा पानीको बहाब बढेपछि पुलमा ठूला सवारीसाधनको आवागमन बन्द गरिएको थियो । बिहीबार महाकालीमा पानीको बहाब १ लाख ४७ हजार क्युसेक पुगेको थियो । नदीमा बहाब बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको थियो ।


प्रकाशित : श्रावण ४, २०८१ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×