कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

दुई दिनसम्म खुलेन जयपृथ्वी राजमार्ग 

भाद्र २१, २०८१
दुई दिनसम्म खुलेन जयपृथ्वी राजमार्ग 

बझाङ — पहिरो खसेका कारण बिहीबार बिहान सात बजेदेखि बन्द भएको जयपृथ्वी राजमार्ग अहिलेसम्म खुल्न सकेको छैन । छबिसपाथिभेरा गाउँपालिका-१ मा पर्ने  जालेबगर नजिक खसेको पहिरोले दुई दिनदेखि राजमार्ग अवरुद्ध छ । 

निरन्तर पहिरो झरिरहेका कारण राजमार्ग खुलाउन समस्या भएको प्रहरीले बताएको छ । ‘अहिले बिहान ढुंगा झर्न केही कम भएको छ,' जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी युवराज भण्डारीले भने, ‘दुई वटा मेसिन लगाएर पहिरो हटाउने प्रयास भइरहेको छ ।' उनले अबको केहीबेरमा सडक खुल्न सक्ने बताए ।

बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र सडक दैनिक जसो अवरुद्ध हुँदा यात्रुले निकै हैरानी खेप्नु परेको छ । जिल्ला बाहिर लैजानु पर्ने बिरामी, बालबालिका, अशक्त, बालबालिका र वृद्धवृद्धाको यात्रा कष्टकर हुने गरेको छ । साउन महिना यता मात्रै जयपृथ्वी राजमार्ग ४० पटक भन्दा बढी अवरुद्ध भइसकेको छ । सडकमा खसेको पहिरोका कारण विद्युतको पोलमा क्षति पुगे पछि जिल्लाको विद्युत सेवा पनि बिहीबारदेखि नै अवरुद्ध छ ।

प्रकाशित : भाद्र २१, २०८१ १०:४१
×