कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

एकै गाउँका चार जनामा डेंगु संक्रमण पुष्टि

भाद्र ३०, २०८१

दार्चुला — बैतडीको पाटन नगरपालिका–५ का चार जनामा डेंगु संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये तीन जना गाउँमै बस्ने र एक जना गाउँ बाहिरबाट आएको बुझिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । 

पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टका अनुसार ज्वरो आएपछि चेकजाँच गर्दा एकै गाउँका चार जनामा डेंगु संक्रमण पृष्टि भएको हो ।

गाउँमा अरु पनि ज्वरोका बिरामी भएकाले डेंगु संक्रमित बढ्ने सम्भावना छ । पाटन नगरपालिकाको सहकार्यमा उक्त गाउँमा चेकजाँचको काम गर्ने तयारी भइरहेको उनले बताए । भट्टका अनुसार डेंगु प्रभावित गाउँमै गएर चेकजाँचका लागि स्वास्थ्य केन्द्रको स्वास्थ्यकर्मीको टोली पठाउने तयारीमा जुटेको छ ।

डेंगु संक्रमण भएमा मानिसलाई कडा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । यस्ता खालका लक्षण देखिएमा डेंगुको जाच गर्नु आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रकाशित : भाद्र ३०, २०८१ १७:४५
×