कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

सुदूरपश्चिमले ल्यायाे ३१ अर्ब ६२ करोडको बजेट

भाद्र ३१, २०८१
सुदूरपश्चिमले ल्यायाे ३१ अर्ब ६२ करोडको बजेट

Highlights

  • असार १ गतेको बजेट फिर्ता 
  • विपक्षी दलका सांसदहरूद्वारा बैठक बहिष्कार

धनगढी — दुई महिनासम्म बजेट शून्यतामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले सोमबार आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाद्वारा सोमबार प्रदेश सभामा प्रस्तुत बजेट वक्तव्यमा पुँजीगततर्फ १८ अर्ब ७६ करोड २५ लाख २३ हजार अर्थात् ५९.३२ प्रतिशत विनियोजन गरिएको छ । चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार ४०.६५ प्रतिशत विनियोजित छ । एक करोड वित्तीय व्यवस्थामा राखिएको छ ।

अघिल्लो सरकारका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले गत असार १ गते प्रदेश सभामा पेस गरेको बजेट वक्तव्य र बजेटसँग सम्बन्धित अन्य विधेययहरू फिर्ता लिने प्रस्ताव पारित भएको छ । त्यसलगत्तै वर्तमान आर्थिक मामिला मन्त्री थापाले बैठकमा आर्थिक वर्ष ०८१/८२ को बजेट वक्तव्यको प्रस्तुति सुरु गरेका हुन् ।

तर प्रतिपक्षी दल माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले भने बजेट ल्याउने प्रक्रिया असंवैधानिक रहेको भन्दै बैठक बहिष्कार गरेका थिए । उनीहरू बैठक कक्षबाट बाहिरिएपछि प्रतिपक्षी बेञ्चमा राप्रपाकी सांसद खेमादेवी विष्ट र स्वतन्त्र सांसद तारा जोशी मात्र रहेका थिए ।

प्रकाशित : भाद्र ३१, २०८१ २०:३४
x
×