कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता

आश्विन २, २०८१
सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता

बझाङ — बझाङ दुर्गाथली  गाउँपालिकाको मोरिबगरबाट झनाना तर्फ गइरहेको सु प प्र ०१००२ त ५१७८ नम्बरको ट्याक्टर आज बिहान अनियन्त्रित भएर झनानामा दुर्घटना भएको थियो ।

ट्याक्टर झनाना सडकबाट ५० मिटर तल सेती नदीमा खसेको छ । ट्याक्टरमा ५ जना सवार रहेकोमा २ जना बेपत्ता र ३ जना घाइते भएका छन् ।

बेपत्ता हुनेमा ट्याक्टर चालक जाजरकोट भेरी नगरपालिका-२ का २० वर्षीय सञ्जय बुढा र लोकेन्द्र घर्ती रहेका छन् । अन्य ३ जना ट्याक्टरमा सवार जाजरकोटकै हेमराज बिक, तपेन्द्र बिक र निरज बिक घाइते भएको प्रहरीले जनाएको छ । बेपत्ताको अहिले खोजी कार्य भइरहेको छ भने घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ  ।

प्रकाशित : आश्विन २, २०८१ १०:३४
x
×