वसन्त प्रताप सिंह

वसन्त प्रताप सिंहका लेखहरु :

बझाङमा पनि मतगणना सुरु

बझाङमा पनि मतगणना सुरु भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१, मा शनिवार भएको उपनिर्वाचनको मतगणना केहीबेरअघि सुरु भएको हो । 

गठबन्धनका तर्फबाट बझाङमा नेकपा एसका नेता जोशीले दर्ता गराए उम्मेदवारी

प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व वनमन्त्री भानुभक्त जोशीले मनोनयन दर्ता गराएका छन् । गठबन्धनको समर्थनमा प्रतिनिधिसभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

सांसद विकले सार्वजनिक गरिन् चार वर्षको प्रगति विवरण

‘चार वर्ष काठमाडौं बस्दा चार ठाउँमा डेरा सर्नु पर्‍यो । डेरा सर्नु ठुलो कुरा होइन; डेरा सर्दा भोग्नु परेको विभेद सम्झिन पनि मन लाग्दैन । कोठा खाली हुन्छ । भाडाको कुरा पनि मिल्छ । बैना दिने वेला जात थाहा पाएपछि एक पटक घरमा सल्लाह गर्छाैं भन्छन् । भोलिपल्ट कुनै न कुनै बहाना बनाएर कोठा छैन भन्ने जवाफ आउँछ‚’ बझाङकी प्रतिनिधि सभा सदस्य आशाकुमारी विकले भनिन् ।