जयपृथ्वी स्ववियु सभापतिमा अनेरास्ववियुका तिलक विजयी 

चैत्र २८, २०८१

वसन्त प्रताप सिंह

Aneraswaviyu Tilak wins Jaya Prithvi Swaviyu president

बझाङ — जयपृथ्वी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका तिलकचन्द्र बोहरा विजयी भएका छन् ।

उनी नेविसंघका विवेक बोहरालाई तीन मतले पछि पार्दै १२५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेविसंघका विवेक बोहराले १२२ मत प्राप्त गरेका थिए ।

सभापति पदमा अखिल क्रान्तिकारीका मानबहादुर धामीले ५९ मत प्राप्त गरे भने, अखिल समाजवादीका प्रवीण महरले २ मत प्राप्त गरेका छन् ।

मुख्य राजनीतिक दलका विद्यार्थी संगठनले प्रतिष्ठाको विषय बनाएको जयपृथ्वी क्याम्पसको स्ववियु निर्वाचनबाट सभापति बाहेक अन्य सबै पदमा भने नेपाल विद्यार्थी संघका उम्मेदवारहरु विजयी भएका छन् ।

सचिवमा नेविसंघका लोकेशराज जोशी १२२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी क्रान्तिकारीकी अञ्जना कामीले ९३ मत प्राप्त गरिन् । अनेरास्ववियुका ध्रुवराज जोशीले ८९ मत प्राप्त गरे ।

कोषाध्यक्षमा नेविसंघकी स्मृति कुमारी सिंहले १३२ मत ल्याएर विजयी हुँदा उनकी प्रतिद्वन्द्वी अनेरास्ववियुकी सारदा बोहराले ९९ मत प्राप्त गरेकी छन् । 

यस्तै अखिल क्रान्तिकारीकी रमा जोशीले ७० मत प्राप्त गरेकी छन् । स्ववियु सदस्यमा नेविसंघकी आशिका जोशी, सबिता बम, चाादनी उपाध्याय, धनिसा बोहरा, धनसरा रोकाया र दीपक चौहान विजयी भएका छन् ।

वसन्त प्रताप सिंह

Link copied successfully