कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

विज्ञान प्रदर्शनी प्रतियोगितामा पद्म पब्लिककी कञ्चन प्रथम

आश्विन २, २०८१
विज्ञान प्रदर्शनी प्रतियोगितामा पद्म पब्लिककी कञ्चन प्रथम

डोटी — नगरस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा पद्म पब्लिक माध्यमिक विद्यालयकी छात्रा कञ्चन पाली प्रथम भएकी छन्  । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर बुधबार दिपायल सिलगढी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा पाली प्रथम भएकी हुन् । उनले नगद ५ हजारसहित प्रमाणपत्र पाएकी छन् । 

प्रतियोगितामा पवित्रा आवासीय माविकी छात्रा अन्जिता मलासी द्वितीय र अमरज्योति माविका सन्देश साउद तृतीय भए । द्वितीयलाई तीन हजार र तृतीयलाई २ हजार रुपैयाँ प्रदान गरिएको छ ।

प्रतियोगितामा नगरपालिकाभित्रका ८ वटा विद्यालयको सहभागिता थियो । ज्ञान, विज्ञान, सीप उद्यम र मौलिकता, साझेदारी र प्रणालीगत सक्षमता भन्ने मूल नाराका साथ दिपायल सिलगढी नगरपालिकाले पद्म पब्लिक मुना माविमा १२ औं राष्ट्रिय शिक्षा दिवस मनाएको हो ।

प्रकाशित : आश्विन २, २०८१ १७:५०
x
×