कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

सुदूरपश्चिममा बजेट पेस गर्ने सरकारको तयारीमा विपक्षीको अवरोध

भाद्र ३१, २०८१
सुदूरपश्चिममा बजेट पेस गर्ने सरकारको तयारीमा विपक्षीको अवरोध

धनगढी — सरकारले प्रदेश सभाको सोमबारको बैठकमा चालु आर्थिक वर्षको बजेट पेस गर्ने तयारी गरेका बेला प्रतिपक्षी दलका सांसदहरुले वैधानिकताको प्रश्न उठाउँदै विरोध गरेपछि सभामुख भीमबहादुर भण्डारीले २० मिनेटका लागि स्थागित गरेका छन् ।  

दुई महिनादेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिममा सोमबार सरकारले चालु आर्थिक वर्ष ०८१/८२ को पेस गर्ने तयारी गरेको छ । तर प्रतिपक्षी दलहरु माओवादी र एकीकृत समाजवादीका सांसदहरुले एउटै आर्थिक वर्षको बजेट दुई पटक ल्याउनु गैरसंवैधानिक हुने दाबी गदै विरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका उपनेता अक्कल बहादुर रावलले सरकारले संवैधानिक विधि र प्रक्रियाबाट मात्र बजेट ल्याउनु पर्ने बताए ।

प्रकाशित : भाद्र ३१, २०८१ १५:५१
x
×