कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

पटेराखल्लाका विस्थापितको बास स्कुलमै, अन्य घर फर्किए

भाद्र ३०, २०८१
पटेराखल्लाका विस्थापितको बास स्कुलमै, अन्य घर फर्किए

कञ्चनपुर — कञ्चनपुरमा बाढी र डुबानका कारण विस्थािपत भएकाहरुमध्ये अधिकांश घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार विस्थापित भएका ३ सय ७ परिवारमध्ये अधिकांश घर फर्किएका छन् । 

जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीका अनुसार दोधारा चाँदनी नगरपलिका-३ पटेराखल्लाका २७ परिवारबाहेक सबै विस्थापित घर फर्किएका हुन् । पटेराखल्लाका विस्थापित अहिले नजिकैको जमुना आधारभूत विद्यालयमा बसोबास गरिरहेका छन् ।

शुक्रबारदेखि महाकालीमा बढेको जलस्थर घटेको छ । महाकालीको बाढीले चार लेनको पक्की पुलसंगै निर्माणाधीन पोखरीको गाइडबण्ड पनि भत्काएको छ । आइतबारदेखि बहाव कम भएको छ । प्रहरीका अनुसार पानीको बहाव १ लाख क्युसेक भन्दा कम भएको छ ।

शुक्रबार महाकालीमा पानीको बहाव ४ लाख ६१ हजार क्युसेक पुगेको थियो । महाकालीसंगै जिल्लाका अन्य नदी नालामा समेत ठुलो बाढी आउदा अधिकांश बस्तीहरु डुबानमा परेका थिए ।

प्रकाशित : भाद्र ३०, २०८१ १९:५०
x
×