कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

सुदूरपश्चिमका तीन जिल्लामा तीन दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध 

भाद्र ३१, २०८१
सुदूरपश्चिमका तीन जिल्लामा तीन दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध 

दार्चुला — दार्चुलासहित सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा नेपाल टेलिकमका सेवा अवरुद्ध भएका छन् । शनिबार दिउसोदेखि इन्टरनेट र फोन सेवा अवरुद्ध भएको हो । 

सुदूरपश्चिमका दार्चुला, बैतडी र बझाङमा नेपाल टेलिकमको भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध छन् । बैतडीको अनारखोलीमा अप्टिकल फाइबर ब्रेक भएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमको भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध भएपछि हजारौं ग्राहक मारमा परेका छन् । टेलिकमको सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्क टुटेको धेरै ग्राहकले गुनासो गरेका छन् ।


प्रकाशित : भाद्र ३१, २०८१ ११:३६
x
×