कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

चार वर्षपछि नेपालका ३७ व्यापारी पुगे ताक्लाकोट

भाद्र २१, २०८१
चार वर्षपछि नेपालका ३७ व्यापारी पुगे ताक्लाकोट

दार्चुला — चीनसितको उत्तरी सीमावर्ती बजार ताक्लाकोट बजारमा स्थानीय ३७ व्यापारी अघिल्लो साता पुगेका छन् । चार वर्षपछि उनीहरु व्यापार गर्नका लागि ताक्लाकोट बजार पुगेका हुन् । 

भदौको १२ गते २१ पुरुष र १६ जना महिना सामानसहित ताक्लाकोट बजारका लागि ब्यासबाट हिँडेको जिल्ला प्रशासनले जनाएको छ ।

परम्पारगत रुपमा ताक्लाकोट बजारमा व्यापार गर्दै आएका व्यासका स्थानीय व्यापारीहरु उता गएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । उनीहरुले भारी बोक्न ३३ घोडा, ९८ खच्चर र १९ चौरीगाई/झुपु साथमा लगेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार उनीहरु बन्दोवस्तीका सामानसहित व्यापार गर्न ताक्लाकोट गएका हुन् । कोरोना कालदेखि बन्द रहेको टिंकर नाका खुला भएसँगै पहिलो पटक २०८१ साउन ४ गते व्यास गाउँपालिका–१ छाङ्गरु र टिंकरका २७ जना व्यापारी ताक्लाकोट गएका थिए ।

यस्तै व्यापार व्यवसायका लागि १६ क्विन्टल ८० किलोग्राम गुड, २५ क्विन्टल मिश्री, ४२ पेटी सलाई, फापरको पिठो ४ क्विन्टल ४० किलोग्राम र बन्दोवस्तीका भाँडाकुडा लगेका छन् ।

ताक्लाकोटमा मिश्री, गुड, फापरको पिठो, जौ, आलु, मुला लगायतको व्यापार राम्रो हुने व्यापारीहरु बताउँछन् । नेपाल–चीन सीमा भएको १ नम्बर स्तम्भबाट ताक्लाकोट पुग्न १५ किलोमिटरको दूरी पार गर्नुपर्छ । चीनले नेपाल सीमा नजिकै (१०० मिटरको दूरीमै) सडक पुर्‍याएको छ ।

प्रकाशित : भाद्र २१, २०८१ १३:४५
×