बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुलेको छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ की १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, १४ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामी कठायत र उनकी ७ महिनाकी छोरी दीक्षिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए ।
बझाङको मष्टा गाउँपालिकामा बुधबार दिउँसो जिप दुर्घटना हुँदा घाइते भएका १३ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरै जसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
छबिसपाथिभेरा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका बसन्त चलाउने विजयी भएका छन् भने उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका लछिमन बोहरा निर्वाचित भएका छन् ।
थलारा गाउँपालिका ५, ठाडाढुंगाका पिरु पार्की उमेरले ७२ वर्षका भए । ढल्किँदो उमेरमा सीप चलाएर खाइरहेका उनको एउटै मात्र चिन्ता छ, कतै पुर्ख्यौली सीप हराउने त होइन ? यो समुदायको निगालाका सामान बनाउने सीप युवापुस्ताको उपेक्षाको कारणले नभई कच्चापदार्थको अभावमा संकटमा परेको बताउने पिरु गाउँमा आउने नेतालाई मात्र होइन, पत्रकार र सामाजिक कार्यकर्तासँग पनि निगालो खुलाइदिनुपर्यो भनेर अनुरोध गर्न छुटाउँदैनन् ।