कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

चियाबारीमा फूलबारी [तस्बिरहरु] 

पर्वत पोर्तेल

इलाम — घर होस् या होटल । स्कुल होस् या अस्पताल । इलाममा जहाँतही फूलेको छन् ढकमक्क फूलहरु । फूलैफूलका गमलाले चिटिक्क छन्, हरेक घरका बार्दली र आँगन । यो चियाबारीको हरियाली सहर रंगीविरंगी फूलहरुको सौन्दर्यताले बगैँचा झैँ देखिन्छ ।

 ‘घरमा फूल रोप्नु हाम्रो कल्चर हो’, इलाम बजारकी सोममाया गुरुङले भनिन्, ‘फूलहरुले घरलाई फूल जस्तै सुन्दर र उज्यालो बनाउँछ ।’ त्यसैले हरेक इलामेलीका घर आँगन फूलले सजिएका होलान् । खासमा फूल रोप्ने संस्कार इलामले दार्जिलिङवाट सिकेको बताउँछन् इलामका संस्कृतिविद् युद्ध प्रसाद वैद्य ।  ‘पहिला दार्जिलिङले हामीलाई धेरै कुरा सिकायो’, वैद्यले सुनाए,‘पढ्न सिकायो, कला, साहित्य र संस्कृतिसंगै फूल रोप्न पनि सिकायो ।’ जसरी दार्जिलिङका हरेक घरहरुमा फूल रोपेर चिटिक्क पारिन्छ । इलाममा पनि त्यसै गरिन्छ । खासमा अन्त भन्दा इलाममा दार्जिलिङको प्रभाव अलि बढ्ता नै छ । मखमली, सयपत्री, चमेली, गोदावरी मात्रै हैन,  गुलाव, तारवारे, जाइ, लाहुरे, लालुपाते जस्ता सुन्दर र मीठो सुगन्ध दिने फूलहरु इलामले हुर्काइरहेको छ । कतिपयले फूलको व्यवसायिक खेती पनि गरेका छन् । धेरैको भने घरलाई फूलले सजाउने सोख देखिन्छ ।

प्रकाशित : वैशाख १४, २०८१ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्