२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

वित्तीय क्षेत्र सुदृढीकरणका लागि विश्व बैंकले स्वीकृत गर्‍यो साढे १० अर्ब कर्जा

काठमाडौँ — नेपालको वित्तीय स्थायित्व र वित्त सेवामा पहुँच वृद्धिका लागि अन्तर्राष्ट्रिय दातृ निकाय विश्व बैंकले ८ करोड अमेरिकी डलरको कर्जा स्वीकृत गरेको छ । बैंकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले सोमबार नेपालका लागि विकास नीति सहायताअन्तर्गत वित्तीय सेवाको विविधिकरण लगायत क्षेत्रमा करिब १० अर्ब ६६ करोड रुपैयाँ बराबरको कर्जा स्वीकृत गरेको हो ।

वित्तीय क्षेत्र सुदृढीकरणका लागि विश्व बैंकले स्वीकृत गर्‍यो साढे १० अर्ब कर्जा

यो सहायतामार्फत निजी क्षेत्रका वित्तीय सेवाहरूको सुदृढिकरण गर्ने लक्ष्य लिइएको विश्व बैंकको विज्ञप्तिमा उल्लेख छ । ‘यसले नेपालको बैंकिङ र बीमा क्षेत्रको सुपरिवेक्षण सुदृढ बनाउनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘पूँजी, बीमा र प्रकोप विपद् जोखिमतर्फका वित्तीय नवप्रवर्तनहरूलाई पनि बढावा दिनेछ ।’ डिजिटाइजेसन, कर्जा पूर्वाधारमार्फत वित्तीय समावेशीकरणसँगै वित्तीय साक्षरता र महिला उद्यमशिलतालाई प्रवर्द्धन गरिने लक्ष्य राखिएको छ ।

‘यो परियोजनाले नेपालको हरित,लचिलो र समावेशी विकासलाई सहयोग गर्नेछ र निजी लगानीलाई नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउन अनुकुलन वातावरण निर्माणमा भूमिका खेल्नेछ,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद-जर्भोसले भनेका छन् ।

त्यस्तै, विश्व बैंकका अनुसार यस परियोजनाले नेपालको जलवायू मुद्दालाई पनि समर्थन गर्ने उल्लेख छ । यसले निजी क्षेत्रको अगुवाइमा भइरहेको वित्तीय क्षेत्रको रुपान्तरणकारी सुधारमा सरकारको लक्ष्यलाई थप सहयोग पुर्‍याउने यस परियोजनाका लागि विश्व बैंकको टास्क टिम लिडर तात्सियाना लियात्स्कोभाले बताएकी छन् । ‘निजी पूँजी परिचालनमा यो क्षेत्रले निर्वाह गर्दै आएको लचिलो र महत्वपूर्ण भूमिकाका लागि बैंकिङ, बीमा र पूँजी बजारको सुधार अपरिहार्य छ,’ उनले भनेकी छन् ।

प्रकाशित : वैशाख २५, २०८१ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?