२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ग्यारेजमा आगलागी हुँदा करोडौंको क्षति 

ज्योति कटुवाल

दैलेख — दैलेखको नयाँबजारमा रहेको ग्यारेजमा आगलागी हुँदा तीन वटा पसल जलेर नष्ट भएका छन् । वडा नम्बर १ स्थित साजनमोटर पार्ट्समा आगलागी हुँदा इलेक्ट्रोनिक्स पसल र कपडा पसलमा समेत सल्किएको थियो ।

ग्यारेजमा आगलागी हुँदा करोडौंको क्षति 

आगलागीले एक करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुनिल दाहलले बताए ।

ग्यारेजबाट सल्किएको आगोले अन्य दुई पसलमा पनि नोक्सानी पुर्‍याएको उनको भनाइ छ । मोटर पार्ट्स मर्मत गर्दागर्दै सल्किएको आगोले दमकल कुर्दाकुर्दै तीनवटै पसल जलेर नष्ट भएको स्थानीय मनोज थापाले बताए । दिउँसो दुई बजे लागेको आगो तीन बजेतिर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा निभाइएको थियो ।

प्रकाशित : वैशाख २५, २०८१ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?