कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

अरुण तेश्रोमा राष्ट्रिय मानव अधिकार आयोगको चासो

संखुवासभा — निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत आयोजनाका मुआब्जा पीडितले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरेपछि आयोगले चासो देखाएको छ ।

अरुण तेश्रोमा राष्ट्रिय मानव अधिकार आयोगको चासो

आयोगका सदस्य मनोज दुवाडीको टोलीले आइतबार अरुण तेश्रोको पावरहाउस स्थलसम्मको २४ किलोमिटर सडकखण्डको स्थलगत अनुगमन गरेको छ ।

अनुगमनपछि आयोगले सदरमुकाम खाादबारीमा पीडित र सरोकारवालाबीच छलफल गरेर गुनासो समेत संकलन गरेको छ । मुआब्जा पीडितले आयोगमा ३ महिना अघि उजुरी हालेका थिए ।

सरकारले मुआब्जा पीडितका लागि आवश्यक पर्ने ५३ करोड रुपैयाँ जिल्ला प्रशासन कार्यालयको खातामा पठाए पनि पीडित पक्षले पाएका छैनन् । छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा विवाद चर्किएको हो । प्रवेश मार्गमा रहेका ४ सय स्थानीयले ५ सय ५४ रोपनी जग्गाको मुआब्जा पाउन बाँकी छ ।

जिल्ला प्रशासन कार्यालयमा गठित छुट मुआब्जा निर्धारण समितिले २०८० वैशाख २६ गते छयाङकुटी–दिदिड सडकखण्डको प्रति रोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो । संखुवासभामा निर्माणाधीन अरुण तेस्रो विद्युत् आयोजना निर्माण भारतीय कम्पनी सतलजले गरिरहेको छ ।

प्रकाशित : जेष्ठ ६, २०८१ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×