कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी

कान्तिपुर संवाददाता

विराटनगर — कोशी प्रदेश सरकारवाट माओवादी केन्द्र शुक्रबार बाहिरिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई समर्थन कायम राख्दै माओवादी केन्द्रबाट बाहिरिएको हो । माओवादीका मन्त्रीहरूले शुक्रबार मुख्यमन्त्री कार्कीलाई राजीनामापत्र बुझाएका छन् ।

कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारमा नबसे पनि सरकारलाई दिएको समर्थन भने कायमै रहेको जनाए । ‘मुख्यमन्त्री हिक्मत कार्कीकै आग्रहमा हामी अहिलेसम्म सरकारमा रह्यौ,' आङ्बोले भने, ‘केन्द्रीय सत्ता समीकरणमा आएको फेरबदलपछि सरकार छाड्न बाध्य भएका हौं ।'

एमाले संसदीय दलका नेता हिक्मत कार्की नेतृत्वमा गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको नयाँ सरकार गठन भएको थियो । उक्त सरकारमा माओवादीबाट भौतिक पूर्वाधारमन्त्री गणेशप्रसाद उप्रेती, वन, वातावरण तथा पर्यटनमन्त्री नारायणबहादुर मगर, स्वास्थ्यमन्त्री राजेन्द्र कार्की र वन, वातावरण तथा पर्यटन राज्यमन्त्री बन्दना झाँगर सामेल भएका थिए ।


प्रकाशित : श्रावण ११, २०८१ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×