गोरखाको ११ वटै स्थानीय तहको मतगणना सकिएको छ । सार्वजनिक भएको मतपरिणामअनुसार माओवादीले सबैभन्दा बढी ९ पालिका प्रमख जित्यो । जनयुद्धको उद्गम थलो गोरखालाई मान्दै आएको माओवादी २०६४ देखि २०७० का बीचमा कमजोर बन्दै गएको थियो ।
स्थानीय तह निर्वाचन नजिकिएसँगै शीर्ष दुई नेता एक सातादेखि नै चुनावी प्रचारका लागि आफ्नो जिल्लामा ‘अड्डा’ जमाएर बसे । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ चुनावी प्रचारको क्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने पालिकामा आफ्नो वर्चश्व स्थापना गर्न खटिएका थिए ।
धार्चे गाउँपालिका–५ माछाखोलामा बेलिब्रिज निर्माण भएको छ । बेनीघाट–आरुघाट लार्केभन्ज्याङ्ग सडकअन्तर्गत माछाखोलामा नेपाली सेनाले बनाएको बेलिब्रिजको प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार उद्घाटन गरे । १२० फिट लम्बाइको बेलिब्रिज २ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको नेपाली सेनाको सडक निर्माण कार्यदलका मेजर विनोद भट्टले बताए ।
जिल्लाको चुमनुब्री गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका निमा लामा र उपाध्यक्षमा लक्ष्मी गुरुङ विजयी भएका छन् । अध्यक्षमा निर्वाचित लामाले १ हजार ६ सय २४ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगेसका उम्मेदवार धनबहादुर गुरुङ १ हजार ३ सय ११ मत ल्याएर पराजित बने ।
गोरखाको सिरानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र गुरुङ र उपप्रमुखमा कांग्रेसकै उम्मेदवार रीता देवकोटा विजयी बनेकी छिन् ।
लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–५ माछाखोलामा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । नेपाली सेनाद्वारा निर्माणाधीन बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडकअन्तर्गत माछाखोलामा बनेको नवनिर्मित बेलिब्रिजको नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार उद्घाटन गरे ।
निर्वाचन आयोगको निर्देशनपछि पालुङटार नगरपालिकामा मतगणना सुरु भएको छ । केही समयअघिदेखि मतगणना सुरु गरिएको पालुङटार नगरपालिकाका निर्वाचन अधिकृत गोकर्णराज पन्तले बताए ।
गोरखा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णबहादुर राना र उपमेयरमा कांग्रेसकी मसली माया थोकर पुन विजयी वनेकी छिन् । १ हजार आठ सय ५६ मतान्तरसहित राना विजयी बनेका हुन् ।
पालुङटार नगरपालिकाको मतगणना स्थगित भएको छ । पालुङटार नगरपालिका–६ को वीरभद्र बुथको मतपेटिमा एक सिल नभएको भेटिएपछि मतगणना केही बेरअघि स्थगित भएको हो । एउटा ब्यालेट बक्सको मुचुल्कामा पाँच वटा र ब्यालेटमा चार वटा सिल भेटिएपछि विवाद भएको हो ।