प्रदेश अस्पताल गोरखामा सिटी स्क्यान मेसिन खरिदका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।
What you should know
गोरखा — गण्डकी प्रदेश सरकारले गोरखा नगरपालिका–१३ मझुवा देउरालीमा रहेको गोरखकाली रबर उद्योग पुन: सञ्चालनका लागि संघ सरकार साग समन्वय गर्ने भएको छ ।
प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै प्रदेशभित्र रुग्ण अवस्थामा रहेको गोरखकाली रबर उद्योग, भृकुटी कागज कारखाना पुन: सञ्चालनका लागि संघ सरकारसँग समन्वय गर्ने बताए ।
संघ सरकारसँगको साझेदारीमा प्रदेश सरकारका रूपान्तरणकारी आयोजनाका साथै धौवादी फलामखानी उत्खनन तथा खानी र खनिज पदार्थको खोज, अध्ययन र अन्वेषण कार्य अघि बढाउन २५ करोड विनियोजन भएको उनले बताए ।
त्यस्तै मनास्लु, अन्नपूर्ण, धौलागिरी र ढोरपाटन चक्रीय यपदमार्ग स्तरोन्नति, वैकल्पिक मार्ग पहिचान तथा प्रवर्द्धन गर्ने, मध्यबिन्दु प्रादेशिक अस्पताल नवलपुर र गोरखामा सिटी स्क्यान मेसिन खरिदका लागि १० करोड विनियोजन गरिएको उनले बताए । गण्डकी प्रदेश सरकारमातहतका अस्पतालका लागि एम्बुलेन्स खरिदका लागि ३ करोड ५० लाख विनियोजन गरिएको बजेटमा उल्लेख छ ।
प्रदेशका रणनीतिक सडक तथा सडक पुलका साथै नेपाल सरकारको साझेदारीमागोरखाको अवुवा-बिर्दी–सेरावजार-पौवाटार सडक, पर्वतको पातीचौर-बाजुङ-नागी सडकलगायतका सडक कालोपत्रे गर्न ७ करोड ७२ लाख विनियोजन गरिएको पनि उनले बताए ।
गोरखाको चुवाडाँडा-पेल्चेत-कटुन्जे-काशीगाउँ-केरौजा-रुन्चेत तथा चनौटे डिस्का हुँदै भच्चेक सडक पनि प्रदेश सरकारको प्राथमिकतामा परेको छ । 'एक जिल्ला एक पर्यटकीय गन्तव्य' अवधारणा कार्यन्वयन गर्दै स्थानीय संस्कृति होमस्टे फार्म रैथाने उत्पादनको ब्रान्डिङ तथा स्तरीकरण गर्ने पनि उनले बजेट वक्तव्यमा समेटेका छन् ।
यो पनि पढ्नुहोस्
