चन्दले गरे 'गोरखा जेलब्रेकर' उमा भुजेललाई कारबाही

गोरखाको अजिरकोट गाउँपालिका काफलडाँडाकी भुजेल 'गोरखा जेलब्रेकर' समेत हुन् । दसवर्षे द्वन्द्वको समयमा पक्राउ परेकी भुलेजसहितका महिला लडाकु २०५७ चैत १७ गते गोरखा कारागारमा सुरुङ खनेर भागेका थिए ।

असार १, २०८३

हरिराम उप्रेती

Chand takes action against 'Gorkha jailbreaker' Uma Bhujel

गोरखा — नेत्रविक्रम चन्द नेतृत्वको नेतृत्वको नेकपा माओवादीले उमा भुजेललाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्दै कारबाही गरेको छ ।

नेकपा माओवादीको  आइतबार र सोमबारको बैठकले सचिवालय सदस्यसमेत रहेकी भुजेललाई पार्टी केन्द्रीय समितिलगायत सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

'सचिवालय सदस्य कमरेड भुजेलले केन्द्रीय समिति बैठकपछि महासचिवसँग गम्भीर छलफल हुँदाहुँदै 'पार्टीको विचार, नीति, निर्णयविरुद्ध निरन्तर विचलनकारी, पलायनवादी, गुटबन्दी गर्दै हिँडेकाले जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरियो,' चन्दद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । भुजेल माओवादीकी शीर्ष नेतामध्येकी एक हुन् । 

गोरखाको अजिरकोट गाउँपालिका काफलडाँडाकी भुजेल 'गोरखा जेलब्रेकर' समेत हुन् । दसवर्षे द्वन्द्वको समयमा पक्राउ परेकी भुलेजसहितका महिला लडाकु २०५७ चैत १७ गते गोरखा कारागारमा सुरुङ खनेर भागेका थिए । 

Chand takes action against 'Gorkha jailbreaker' Uma Bhujel

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully